अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतले फटाफट आदेश जारी गर्न मिल्दैन : खिमलाल भट्टराई

अदालतले फटाफट आदेश जारी गर्न मिल्दैन : खिमलाल भट्टराई


काठमाडौं- नेकपा एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सर्वोच्च अदालतले जाँच नै नगरी फटाफट अन्तरिम आदेश जारी गरिरहेको टिप्पणी गर्नुभएको छ ।

बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टराईले सर्वोच्चले अन्तरिम आदेश जारी गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

‘अदालतले जाँच नै नगरी फटाफट अन्तरिम आदेश जारी गरिरहेको छ,’ सांसद भट्टराईले भन्नुभयो, ‘संवैधानिक काम गर्दै आएको सरकारलाई काम गर्न नदिन अदालतले एकपछि अर्को निवेदन लिँदै अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै अब अदालतले प्रधानमन्त्री बनाउने कुरा सुनिन थालेको छ ।’

उहाँले प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएको निवेदनमा सर्वोच्चले फैसला सुनाउन नमिल्ने समेत बताउनुभयो । ‘अदालत राजनीतिक मुद्दामा प्रवेश गर्न मिल्दैन,’ सांसद भट्टराईले भन्नुभयो, ‘प्रधानमन्त्री बनाउने अवस्था नदेखेपछि राष्ट्रपतिले विघटन गरेको हो सदर गर्नुपर्छ ।’

उहाँले धारा ७६ (५) को प्रयोगमा गलत काम भएपछि राष्ट्रपतिले लिएको निर्णय विवेकपूर्ण भएको उहाँले बताउनुभयो ।