अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको ‘भ्याकेट’ निवेदनमा फेरि म्याद जारी गर्न सर्वोच्चको आदेश

प्रधानमन्त्रीको ‘भ्याकेट’ निवेदनमा फेरि म्याद जारी गर्न सर्वोच्चको आदेश


काठमाडौं- ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगाउने चार जना एमाले सांसदलाई सर्वोच्च अदालतले फेरि म्याद जारी गरेको छ ।

एमालेले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै अदालतले फेरि म्याद जारी आदेश गरेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फूयालको संयुक्त इजलासले यसअघि म्याद जारी गरेको थियो । तर, उक्त म्यादमा चारै जना उपस्थित हुन नसकेपछि पुनः म्याद जारी गरेको हो ।

आज न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र नहकुल केसीको इजलासले पुनः म्याद जारीको आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालतले ती चार सांसदमाथि गरेको कारवाहीलाई मान्यता नदिएपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा भ्याकेट (अन्तरिम आदेश खारेजीको माग) निवेदन दिएको थियो ।