अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोडमा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

बिर्तामोडमा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु


झापा- झापाको बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागीगेर मृत्यु भएको हो ।

आज बिहान साढे ७ बजे सोही नगरपालिका-८ बाह्रबिघेस्थित राकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा उहाँलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका भट्टराईको उपचारको लागि बीएण्डसी अस्पतालमा पुर्‍याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उहाँ अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी हुनुहुन्थ्यो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भइरहेको छ ।