अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादल समूहले पेश गर्‍यो माओवादी केन्द्र अवैध भएका १२ आधार (पत्रसहित)

बादल समूहले पेश गर्‍यो माओवादी केन्द्र अवैध भएका १२ आधार (पत्रसहित)


काठमाडौं- नेकपा एमालेका नेता रामबहादुर थापा बादलले माओवादी पार्टी अवैधनिक भएका १२ वटा आधार पेश गरेको छ ।

निर्वाचन आयोगमा बादल समूहमा रहेका पूर्वमाओवादी नेताहरुले २०६९ सालपछि माओावादी केन्द्रको कुनै पनि महाधिवेशन नभएको, विधान विपरित केन्द्रीय सदस्य थप गर्दै गएको लगायतका आधारहरू निर्वाचन आयोगमा पेश गरेका छन् ।

उहाँहरूका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले पेश गरेको गरेको निवदेनमा पार्टीले विधान विपरित विभिन्न समयमा केन्द्रीय सदस्य थप गर्ने र महाधिवेशनतिर पार्टीलाई लैजाने कुनै छनक पनि नदेखाएको उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरोज बुढाथोकीले पेश गरेको निवदेन आयोगमा दर्ता भएको उल्लेख बताउनुभएको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका नेताहरू बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी,मणी थापा, प्रभु साह लगायतका नेताहरू निवेदन दर्ता गर्न निर्वाचन आयोग पुग्नु भएको थियो ।

बादल समूहले निर्वाचन आयोगमा पेश गरेको पत्र :