काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान गर्न पाँच सदस्यीय इजलास गठन गरिएको छ ।
निर्वाचन आयोग पदाधिकारीको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा सबै आयुक्त रहेको इजलास गठन गरेको हो ।
इजलासले साउन ३ गते आइतबारदेखि सुनुवाइ गर्नेछ । आयोगका प्रवत्ता श्रेष्ठका अनुसार पक्षविपक्षी दुवैतर्फकाले कानून व्यवसायी पनि राख्न पाउने छन् ।
जसपाका दुवै पक्षले आफूहरू नै आधिकार रहेको दावी गरेपछि आयोगले सहमतिका लागि हिजो दुवै पक्षलाई बोलाएको थियो ।







प्रतिक्रिया