काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफू खरो रूपमा प्रस्तुत हुने बताउनुभएको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बतानुहुँदै अर्थमन्त्री पौडेलले आवश्यक जस्तो सुकै कदम र प्रयत्न गर्न आफू पछि नहट्ने बताउनुभयो ।
मन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनका लागि अहिले देखिनै तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नभयो । सो अवसरमा उनले कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न समेत कर्मचारीलाई निर्देशन दिनुभयो ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले साउन १ गतेदेखि नै आगामी वर्षको बजेट कार्यान्वयनका लागि बलियो आधार तयार भएको भन्दै आ-आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न जरुरी रहेको बताउनुभयो ।







प्रतिक्रिया