काठमाडौं- नेकपा एमालेमा सहमति उन्मुख उच्च स्तरको वार्ता चलिरहेको बेला नेताहरूप्रति दुराशययुक्त टिप्पणी नगर्न कार्यदलका सदस्यहरूले आग्रह गर्नु भएको छ ।
‘कसैले पनि नेताहरूलाई होच्याउने, गालीगलौज गर्ने टीकाटिप्पणी नगर्न आग्रह गर्छु,’ संस्थापनतर्फको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘कोही नेता कार्यकर्ताले कसैप्रति नकारात्मक भाव सिर्जना नगरौं । आशा छ पार्टी आजै एक्ताबद्ध भएको सन्देश आउनेछ ।’
कार्यदलका सदस्यसहित प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब एक घण्टादेखि नक्सालस्थित होटल मेरियटमा भेटवार्ता जारी छ ।







प्रतिक्रिया