काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता जारी छ ।
वार्तामा दुवैतर्फका दोस्रो तहका नेताहरू पनि सहभागी हुनु भएको छ ।
बैठकमा संस्थापनबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्छ ।
दोस्रो तहका नेताहरूले सहमतिको ड्राफ्ट लिएर मेरियट जानुभएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।
नेताहरूले लगेको ड्राफ्टमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालले हरेक बुँदामा छलफल गरेर टुंगोमा पुग्ने तयारी छ ।







प्रतिक्रिया