अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकियो

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकियो


काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ दुई घण्टा वार्ता भएको छ ।

कमलपोखरीस्थित मेरियट होटलमा साँझ ७ बजेदेखि दुई घण्टासम्म वार्ता भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपछि तिक्ततापूर्ण सम्बन्ध रहेकाबेला दुई शीर्ष नेताहरुबीच भेट भएको छ ।

वार्तामा ओली पक्षका नेता ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुहुन्थ्यो ।

भेटपछि अध्यक्ष ओली र नेता नेपालले कुनै प्रतिक्रिया दिनुभएन । नेपाल निस्किएको १५ मिनेपछि ओली मेरियटबाट बाहिरिनुभएको थियो ।

मेरियट होटलमा कडा सुरक्षाबीच भएको वार्तापछि संयुक्त हस्ताक्षरसहितको बक्तव्य आउने अपेक्षा गरिए पनि सम्भव भएन ।

बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले वार्ता सकारात्मकपूर्णरुपमा अघि बढेको प्रतिक्रिया दिनुएन ।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बिहीबार पुनः कार्यदलको बैठक बस्ने र त्यसपछि दुई शीर्ष नेता बसेर विवाद टुंगो लगाउने दाबी गर्नुभयो ।