काठमाडौं- नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको कुराकानी सकारात्मक तरिकाले सकिएको बताउनुभएको छ ।
भेटवार्ता सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै उहाँले अध्यक्ष ओली र नेपालबीचको वार्ता सकारात्मक तरिकाले सकिएको बताउनुभएको हो ।
‘हामीहरूले उहाँहरूलाई वान टु वान कुराकानी गर्न दियौँ, उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले कुराकानी गरेर उहाँहरू हिँड्नुभएको छ,’ एमाले कार्यदल सदस्यसमेत रहनुभएका पाण्डेले भन्नुभयो, ‘बाँकी कुरा भोलि गरौँला ।’
यद्यपि प्रधानमन्त्री ओली र नेता नेपालले भने भेटवार्ताको बारेमा प्रतिक्रिया दिनु भएन ।
आजको बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालसँगै संस्थापनबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया