अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योगपति पर्शुराम अग्रवालको निधन

उद्योगपति पर्शुराम अग्रवालको निधन


भद्रपुर-उद्योगपति पर्शुराम अग्रवालको निधन भएको छ ।
भद्रपुर नगरपालिका–५ निवासी अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति ९ बजे निधन भएको भद्पुरका पत्रकार गोपाल गीरीले जानकारी दिनुभयो । उनको शव राती नै घरमा ल्याइएको छ । अहिले बिहान ८ बजे मेची खोलामा अन्तिम संस्कार गरिने तयारी रहेको गीरीले जानकारी दिनुभयो ।
जेठ ३१ गते अग्रवाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेर उपचार गराए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उहाँलाई असार ४ गते सिलिगुडी लगिएको थियो । महाराजा नर्सिङ होममा उपचारपछि उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो । तीन दिनअघि पुनः स्वास्थ्य अवस्था जटिल बनेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बुधवार दिउँसो स्वास्थ्य फेरि जटिल बनेपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटर राखेको केही घण्टामै अग्रवालको मृत्यु भएको जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए ।
२०१६ सालमा जन्मिएका अग्रवाल बाल्यकालदेखि नै भद्रपुरमै बसेर व्यापार व्यवसायमा संलग्न हुनुहुन्थ्यो । भद्रपुरमा माविमा अध्ययनरत रहेका बेला भद्रपुर बजारमा हटियाका दिन फुटपाथमा कपडा बेच्ने गरेको सहकर्मीहरु सम्झना गर्छन् । । उहाँले घरमै घडी बिडीको उद्योग स्थापना गर्नुभएको थियो । त्यहाँबाट उद्योग क्षेत्रमा प्रवेश गरेका अग्रवालको अहिले जिल्लामा ठूलठूला उद्योग धन्दा सञ्चालनमा छन् । अग्रवाल झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका हुनुहुन्थ्यो । झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरेका अनुसार अग्रवाल समाजसेवालाई प्राथमिकतामा राख्ने व्यवशायी हुनुहुन्थ्यो ।

मोहपाल धर्मशालामा समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर बनाउन उहाँका्े ठूलो योगदान छ । अग्रवालको अगुवाइमा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगायतका उद्योग ,होटल र शैक्षिक संस्था सञ्चालनमा छन् ।