काठमाडौं– वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश १ का केही ठाउँमा ठूलो पानी परेको छ । उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो भने केही ठाउँमा हल्का मात्रै पानी परेको मौसमविद्ले बताएका छन् ।
लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेकोशी, दूधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमला लगायतका नदी खोलाहरुमा पनि पानीको बहाव बढेको छ ।
नदी, खोला आसपासमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश(१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यस्तै आज कर्णाली प्रदेशमा पनि हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ ।







प्रतिक्रिया