अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा पहिरोले ६ घर पुरिँदा एकको मृत्यु, एक जना बेपत्ता, सात घाइते

पाल्पामा पहिरोले ६ घर पुरिँदा एकको मृत्यु, एक जना बेपत्ता, सात घाइते


पाल्पा- पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक बालक वेपत्ता भएका छन्। पहिरोमा सात जना घाइते भएका छन्। पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोला भन्ने गाउँमा पहिरो खसेको हो। पहिरोले ६ घर बगाएको छ।

पहिरोले घर पुरिँदा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका पाल्पाका प्रहरी प्रमुख डिएसपी रामेश्वर ट्वाँटीले जानकारी दिए।