काठमाडौं- नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता सहमतिको विन्दुमा पुगेको बताउनुभएको छ । कार्यदल सदस्यसमेत हरनुभएका उहाँले केही दिनभित्रै सहमति जुट्ने बताउनुभयो ।
‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा पुगेको छ’, यहाँले भन्नुभयो । नेता विष्टले साँझ सात बजे बस्ने बैठकबाटै एकतालाई मूर्त सन्देश दिने बताउनुभयो ।
सोमबारदेखि सक्रिय कार्यदलको लगातार बैठक बसिरहेको छ ।







प्रतिक्रिया