अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुसन्धानको नयाँ क्षेत्रमा लाग्न नेपाली वैज्ञानिकलाई प्रधानमन्त्रीको आग्रह

अनुसन्धानको नयाँ क्षेत्रमा लाग्न नेपाली वैज्ञानिकलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ अनुसन्धान गर्न नेपाली वैज्ञानिकहरूलाई आग्रह गर्नु भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गर्न आग्रह गर्नुभएको हो ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको उहाँका भनाई थियो ।

सो अवसरमा प्रधानमन्त्री एवं नाष्टका कूलपति ओलीले नाष्टबाट प्रदान गरिएका विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट नेपाली बैज्ञानिकहरूलाई पुरस्कृत गर्नुभयो।

यस वर्षको प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रवर्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा. उत्तम बाबु श्रेष्ठलाई प्रविधि पुरस्कार डा. शेर बहादुर पुनलाई, विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जना युवा वैज्ञानिकलाई , विज्ञान तथा प्रविधि महिला पुरस्कार डा. रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी मर्हजनलाई र विज्ञान तथा प्रविधि पुरस्कार २ जनालाई प्रदान गरियो।

सो अवसरमा विज्ञान तथा प्रविधिका क्षेत्रमा लामो योगदान पुर्‍याउनुभएका विभिन्न ६ जना वैज्ञानिकलाई अभिनन्दन पनि गरियो ।

यसैगरी, कोभिड उपचारमा संलग्न रहेकै अवस्थामा मृत्युवरण गर्नु भएका स्वर्गीय डा. हरिप्रसाद सापकोटालाईसमेत उहाँको योगदानको कदर गर्दै मरणोपरान्त अभिन्दन गरियो।