अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार पोखरेललाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

पत्रकार पोखरेललाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार


काठमाडौं- कान्तिपुर दैनिकका पत्रकार गोविन्द पोखरेल विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत हुनुभएको छ ।

पोखरेल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार– २०७७ बाट पुरस्कृत हुनुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभयो ।

पोखरेलले कान्तिपुर दैनिक तथा ईकान्तिपुर डटकममा वन, वातावरण तथा विज्ञान प्रविधिका विषयमा रिर्पोटिङ गर्दै आउनुभएको छ ।

पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

मोरङको उर्लाबारी निवासी पोखरेलले उर्लाबारीबाटै प्रकाशन हुने निगरानी दैनिकबाट झण्डै एक दशकअघि पत्रकारिता सुरु गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यस वर्षको प्रविधि पुरस्कार डा. शेरबहादुर पुनलाई प्रदान गर्नुभयो । यसैगरी, विज्ञान पुरस्कार युवा वैज्ञानिक उत्तमबाबु श्रेष्ठ, प्रकृति संरक्षण कोष पुरस्कार विश्व वन्यजन्तु नेपाललाई, कूलपति राष्ट्रिय नवप्रवर्तद्धन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापालाई प्रदान गरिएको थियो ।