अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघद्वारा सिन्धुपाल्चोकको चौतारामा वृक्षारोपण

युवा संघद्वारा सिन्धुपाल्चोकको चौतारामा वृक्षारोपण


सिन्धुपाल्चोक- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त संगठनको जिल्ला कमिटीको आयोजनामा आज चैतारा क्याम्पसको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

युवा संघले देशव्यापी आयोजना गरेको कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकमा नि सुरुवात गरिएको सिन्धुपाल्चोकका युवा नेता महेश चौलागाईंले बताउनुभयो ।

आज भएको कार्यक्रममा विभिन्न प्रजातिका ४ सयभन्दा धेरै बोट तथा बिरुवा हरु रोपिएको थियो । कार्यक्रमको प्रमुख अतिथि युवा संघका उपाध्यक्ष अमित लामाले यो अभियान देशव्यापी रूपमा सञ्चालन जानकारी दिनु भयो ।

युवाले गरेको रचनात्मक कार्यले सबैलाई सन्देश दिएको बताउनुभयो । कार्यक्रममा संघका उपाध्यक्ष उर्मिला सुनुवारको पनि विशेष उपस्थिति रहेको थियो भने केन्द्रदेखि जिल्ला तहसम्ममाका नेताहरूको सहभागीता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले प्रत्येक स्थानीय तहमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने संघका जिल्ला अध्यक्ष राजकुमार सुवेदीले बताउनुभयो ।