अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन वर्षीय विवेकको हत्या आफ्नै १५ वर्षीय दिदीबाट

तीन वर्षीय विवेकको हत्या आफ्नै १५ वर्षीय दिदीबाट


कैलाली- कैलालीको टीकापुरका साढे तीन वर्षीय विवेक विष्टको जामुना खानसँगै गएकी भनिएकी १५ वर्षीया दिदीबाटै हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यलय प्रमुख एसपी विश्व अधिकारीले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिनुभएको हो ।

प्रहरीका अनुसार विवेकको हत्या आफूले गरेको दिदीले स्विकारेकी छन् । विवेकले खुट्टामा लगाएका चाँदीका बाला कैलालीको लम्की चुहा नगरपालिका-६ घर भइ हाल टीकापुर नगरपालिका-१ ब्लक नं-५ मा डेरा गरी बस्दै आएकी १४ वर्षीया साथीका घरबाट प्रहरीले बरामद गरेको छ ।

हत्या गरिएका बालक

चाँदीका वाला बरामद गरिएकी १४ वर्षीया बालिकालाई समेत नियन्त्रणमा लिएको छ । उनले घटनालाई ढाकछोप गर्दै घटनालाई अन्यत्र मोड्न ती बालिकाको घरमा बाला लुकाएको हुन सक्ने आशंका गरिएको छ ।

ती बालिकाले विवेकका खुट्टामा लगाइएका चाँदीका बाला झिकेर स्थानीय जमरा नालामा धकेलेर हत्या गरेको स्विकारेकी छन् ।

घटना थप रहस्यमय बन्न सक्ने सम्भावना बढेको बताउँदै एपसी अधिकारीले भन्नुभयो, ‘पारिवारिक पृष्ठभूमि, विगतको सम्बन्ध, द्वैष, वदलाभाव आदिले समेत विवेकको सुनियोजित ढङ्गले हत्या गरिएको हुन सक्ने आधार वलियो बन्दै गएकाले थप अनुसन्धानको घेरा फराकिलो बनाइएको छ । अनुसन्धानका क्रममा प्रमाणका आधारमा अन्यलाई पनि केन्द्रमा राख्नु पर्ने अवस्था आउन सक्छ ।’