काठमाडौं- आन्दोलित कर्मचारीले अराजक नारावाजी गरेपछि नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल काम गर्न नपाउँदै कार्यालयबाट बाहिरिनुभएको छ ।
अभद्र गाली गर्दै कर्मचारीले नारावाजी जारी राखेपछि महाप्रबन्धक पौडेल काम गर्न नपाउँदै सुरक्षाघेरमा कार्यालयबाट बाहिरिनुभएको हो ।
पौडेल ६ दिनपछि बिहीबार कार्यालय उपस्थित हुनुभएको थियो । महाप्रबन्धक पौडेल आउनासाथ कर्मचारीले कार्यालय घेराउ गरेका थिए ।
आन्दोलित कर्मचारी पौडेलको कार्यालयमा पसेर धरपकड गर्ने प्रयासमा पनि गरे । तर, प्रहरीले उनीहरूलाई रोक्यो । कर्मचारीले कार्यालयको ढोकाअघि ‘डिमे चोर, देश छोड’ भन्दै अभद्र नारा लगाएका थिए ।
साथै, आन्दोलित कर्मचारीले महाप्रबन्धकलाई काम गर्न नदिन भनेर कर्मचारीले निगमको बिजुली बत्ती र नेटको लाइन काटिदिए ।
निगमको सञ्चालक समितिले गत बिहीबार निगमलाई कम्पनीमा लैजाने आशयका साथ प्रस्तावित मोडल पर्यटन मन्त्रालय पुर्याएसँगै कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।







प्रतिक्रिया