अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी दुर्घटनामा परी मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक झाको निधन

सवारी दुर्घटनामा परी मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक झाको निधन


झापा- मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ५० वर्षीय ताराकान्त झाको सवारी दुर्घटनामा परी आज मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी घाइते हुनुभएको उहाँलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल लगिएको थियो ।

अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै उहाँलाई न्यूरो अस्पताल विराटनगरमा सिफारिश गरेको थियो । न्यूरोमै उपचारका क्रममा उहाँको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक झा सवार मे२प २५२५ नंको मोटरसाइकलले भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गर्दा सडकमा रोकी राखेको ना३ख ८५४२ नंकोे ट्रकलाई बुधबार राति ठक्कर दिँदा घाइते हुनुभएको थियो ।

झा सवार मोटरसाइकले सो ट्रकमा सामान लोड गर्दै गरेका चालक बुद्धशान्ति गाउँपालिका–१ होक्से निवासी ३५ वर्षीय कमल ढुङ्गेललाई समेत ठक्कर दिँदा घाइते हुनुभएको छ । उहाँको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।