अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको बैठक बस्दै, सहमतिका लागि दस्तावेज आउने सम्भावना प्रवल

एमाले कार्यदलको बैठक बस्दै, सहमतिका लागि दस्तावेज आउने सम्भावना प्रवल


काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक केही बेरमा बस्दैछ । बैठक साँझ ७ बजेदेखि सिंहदरबारमा बस्न लागेको हो ।

एमाले वार्ता टोलीमा संस्थापनको नेतृत्व गर्नुभएका सुवासचन्द्र नेम्वाङले आजको बैठकमा दुवै पक्षको सहमतिका लागि दस्तावेज आउने सम्भावना प्रवल रहेको जानकारी दिनुभयो ।

नेम्वाङका अनुसार दुई शीर्ष नेताले संयुक्त हस्ताक्षरमा जारी गर्ने वक्तव्यका केही बुँदामा भाषा मिलाउने काम मात्रै बाँकी रहेको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठकअघि नेताहरूबीच अनौपचारिक छलफल भएको थियो । बिहानको बैठक २० मिनेट मात्र बसेको थियो ।

नेताहरू विष्णु पौडेल, भीम रावल र शंकर पोखरेलबीच एक चरणमा छलफल भएपछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच बिहीबार साँझ दुई घण्टा होटल मेरियटमा छलफल भएको थियो ।