अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु


सप्तरी- सप्तरीको रुपनि गाउँपालिका वडा न.२ पोवा पिपराहिमा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । घर नजिकैको मोटरमा नुहाउन गएको बेला स्थानीय ४५ वर्र्षीय बोवेन साह हलुवाइको अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकैको मोटरमा नुहाउनको लागि पानी तान्ने क्रममा तार नाङगा भएको अवस्थामा अचानक करेन्ट लागेर उहाँको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

यता मृतकको शव पोष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा पठाइएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।