काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक सुरु भएको छ । बैठक केही समयअघि अर्थ मन्त्रालयमा सुरु भएको हो ।
बैठकमा उपप्रधानमन्त्री विष्णु पौडेलबाहेक सबै कार्यदलका सदस्य सहभागी हुनुहुन्छ । मन्त्रिपरिषद् बैठकका कारण उहाँ कार्यदलको बैठकमा समयमै उपस्थित हुन नसक्नुभएको हो ।
एमाले वार्ता टोलीमा संस्थापनको नेतृत्व गर्नुभएका सुवासचन्द्र नेम्वाङका अनुसार आजको बैठकमा दुवै पक्षको सहमतिका लागि दस्तावेज आउने सम्भावना प्रवल छ ।
नेम्वाङका अनुसार दुई शीर्ष नेताले संयुक्त हस्ताक्षरमा जारी गर्ने वक्तव्यका केही बुँदामा भाषा मिलाउने काम मात्रै बाँकी रहेको छ ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठकअघि नेताहरूबीच अनौपचारिक छलफल भएको थियो । बिहानको बैठक २० मिनेट मात्र बसेको थियो ।







प्रतिक्रिया