अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘शासकीय प्रणालीलाई समावेशी बनाउन समन्वयको खाँचो छ’

‘शासकीय प्रणालीलाई समावेशी बनाउन समन्वयको खाँचो छ’


काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशिताका विषयमा कानूनीभन्दा पनि व्यावहारिक रूपमा समस्या रहेको बताउनुभएको छ ।

संवैधानिक आयोगका पदाधिकारीसँग निर्वाचन आयोगमा आज भएको निर्वाचन व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले राज्यका विभिन्न क्षेत्रका कार्यकारी पदमा महिलाको उपस्थिति न्यून रहेकाले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकायबीच समन्वयको खाँचो औँल्याउनुभयो ।

सो अवसरमा संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायत विषयमा छलफल भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लोकसेवा, राष्ट्रिय मानवअधिकार, राष्ट्रिय महिला, मधेशी, आदिवासी जनजाति, थारु र समावेशी आयोगका पदाधिकारी छलफलमा सहभागी हुनुहुन्थ्यो ।