अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद समाधान पहल

एमाले कार्यदल बैठक आज पनि बिना निष्कर्ष टुंगियो, घनश्याम भूसाल भन्नुहुन्छ, ‘१० दिनदेखि कुनै प्रगति छैन’

एमाले कार्यदल बैठक आज पनि बिना निष्कर्ष टुंगियो, घनश्याम भूसाल भन्नुहुन्छ, ‘१० दिनदेखि कुनै प्रगति छैन’


काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक आज पनि बिना निष्कर्ष सकिएको छ ।

साँझ ७ बजेपछि अर्थ मन्त्रालयमा बसेको बैठकले कुनै टुंगो लगाउन सकेन ।

बैठकपछि एमाले उपमहासचिव घनश्याम भूसालले १० दिनदेखि कुनै प्रगति नभएको दाबी गर्नुभएको छ । ‘हामीले १० दिनअगाडिदेखि खास प्रगति गरेका छैनौं, अनौपचारिक छलफलपछि हामीले १० दिनअघि केही एजेन्डा तयार गरेका थियौं,’ उहाँको भनाइ छ, ‘खास, ठोस, मूर्तरुपमा कुनै प्रगति भएको छैन, विभिन्न कारणले । हामी अगाडि बढ्न सकेका छैनौं ।’

कार्यदलमा संस्थापनतर्फका सदस्यसमेत रहनुभएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकले उपस्थित हुन सक्नुभएन ।

कार्यदलमा संस्थापनतर्फका संयोजक स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पनि भूसालले जस्तै निष्कर्ष ननिस्किँदासम्म स्थिति १० दिनअगाडिकै अवस्थामा रहनु स्वभाविक रहेको बताउनुभयो । ‘निष्कर्षमा नपुग्दासम्म ठ्याक्कै स्थिति त्यही हो । तपाईंहरुले नै दिएको समचार पल्टाउनुस्, तीन वर्षको स्थितिलाई १० दिनअघिको स्थितिमा पुर्‍याऔं भने पनि ठूलो कुरा हो,’ उहाँको भनाइ छ, ‘आशावादी छौं, भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्‍याउनेछ ।’

बैठक शुक्रबार बिहान साढे ११ बजे बस्नेछ ।

बिहीबार बिहान पनि २० मिनेट कार्यदलको बैठक बसेको थियो ।

बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिव २ घण्टा छलफल भएको थियो ।