काठमाडौं- सरकारले विशिष्ठ श्रेणी अर्थात् सचिवमा सहसचिव कृष्णहरी पुष्करलाई बढुवा गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासनतर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस हुनुभएका पुष्करलाई सचिवमा बढुवा गरिएको हो । उहाँ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्कर, दुई नम्बरमा खगेन्द्र प्रसाद नेपाल र तीन नम्बरमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।







प्रतिक्रिया