अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नायिका जेनी कुँवरद्वारा आत्महत्या

नायिका जेनी कुँवरद्वारा आत्महत्या


काठमाडौं – फिल्म नायिका जेनी कुँवरले आत्महत्या गर्नुभएको छ । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।