काठमाडौं- सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो । केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो ।
एआईजीमा बढुवा भएका थापा अब विश्वराज पोखरेलसँगै प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा आउनुभएको छ ।
प्रतिक्रिया