अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपयत्यका सहित देशभर अझै केही दिन निरन्तर बर्षा हुने

काठमाडौं उपयत्यका सहित देशभर अझै केही दिन निरन्तर बर्षा हुने


काठमाडौं -आज बिहान पनि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो।

‘कतै रातिदेखि नै पानी परिरहेको हो भने काठमाडौंको हकमा बिहान ३ बजेपछि देखि वर्षा भइरहेको मौसमविद् कँडेलले बताउनुभयो ।
कँडेलले अझै केही दिन मनसुन निष्क्रिय हुने सम्भावना नदेखिएको बताउनुभयो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने यस क्रममा प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

‘आज दिउँसो काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको छ,’ मौसमविद् कँडेलले भन्नुभयो ।

यस्तै राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।