बिर्तामोड -झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ ।
विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । करिब ५० बर्षीय प्रसाई आफै बा १६ च ८१८२ नं को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा पर्नुभएको थियो । कारमा प्रसाई एक्लै हुनुहुन्थ्यो
उहाँको बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ । प्रसाईं विर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतराका श्रीमान् हुनुहुन्छ ।
प्रतिक्रिया