अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपक्षी गठबन्धलाई युवा संघको चेतावनी -अब हाम्रो भेट सडकमा हुनेछ

विपक्षी गठबन्धलाई युवा संघको चेतावनी -अब हाम्रो भेट सडकमा हुनेछ


काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले देशव्यापी सडक आन्दोलनको घोषणा गरेको छ। पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष किरण पौडेलले विपक्षी गठबन्धनबिरुद्द सडक आन्दोलनको घोषणा गर्नुभयो ।

अध्यक्ष पौडेलले विपक्षी गठबन्धनका नाममा देशी विदेशी तत्वहरुले अस्थिरतालाई मलजल गर्नेगरी सडकमा प्रदर्शन थालेकोले त्यसको प्रतिवाद सडकबाटै गरिने बताउनुभयो ।
‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनको बिरुद्द, हाम्रो पार्टीको विरुद्द, सरकारको विरुद्द, देशको स्थिरतको बिरुद्द एउटा ठुलो राष्ट्रिय–अन्तरराष्ट्रिय डिजाइन भइरहेको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो , ‘जस्तालाई त्यस्तै जवाफ दिने ढङ्गले सडकबाट अदालतलगायत राज्यका विभिन्न अङ्गहरुलाई प्रभावित पार्न खोज्ने तत्वहरुलाई सडकमा भेटेर सडकबाटै जवाफ दिने र सशक्त दबाब दिनेगरी आन्दोलन घोषणा गरेका हौ।’ विपक्षी गठबन्धनले गलत नियतका साथ सरकारविरुद्द गतिविधी बढाएको ठहर युवा संघको छ।

संघका उपाध्यक्ष एवम् प्रदेश २ का इञ्चार्ज सञ्जिव कुमार सुरज झालगायतको उपस्थितीमा घोषणा गरिएको आन्दोलन भोलीदेखी नै शुरु हुने बताइएको छ। ‘राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा र बिदेशीको गोटीमा बनेका विपक्षी गठबन्धनको बिरुद्दमा देशभरी नै आन्दोलनको घोषणा गर्दछ,’ अध्यक्ष पौडेलले भन्नुभयो । युवा संघले यसअघि नै विपक्षी गठबन्धनकाविरुद्द गतिविधी शुरु गरिसकेको थियो। केहि दिनअघि जनकपुरमा विपक्षी गठबन्धनविरुद्द प्रदर्शन भएको थियो। संघका उपाध्यक्ष एवम् प्रदेश २ का इञ्चार्ज झाको निर्देशनमा भएको उक्त प्रदर्शनमा युवाहरुको ठुलो समुह सडकमा उत्रिएको थियो।