काठमाडौं- नेकपा एमालेको विवाद मिलाउन बसेको कार्यदलको बैठक चार घण्टादेखि सिंहदरबारमा जारी छ ।
बैठक अर्थ मन्त्रालयमा बसिरहेको छ । साढे १२ बजे देखि भएको बैठकबाट अहिलेसम्म कोही नेताहरु पनि बाहिरिएका छैनन् । हिजो साढे ११ बजे बैठक बस्ने भनिए पनि तयारी नपुगेको भन्दै एक घण्टापछि बैठक सुरु भएको थियो ।
हिजो नेताहरु घनश्याम भूसाल र सुवासचन्द्र नेम्वाङले १० दिन अघिको अवस्थामा कुनै सुधार नआएको बताउनुभएको थियो । नेताहरुको यो अभिव्यक्तिपछि कार्यकर्ताहरुमा निराशा छाएको छ । तर आजको बैठकबाट ठोस सहमति हुने दाबी नेताहरुको छ । स्रोतका अनुसार आजको बैठक अझै केही घण्टा लम्बिने सम्भावना छ ।
कार्यदलका सदस्यहरुले हिजो नै सहमति भएर प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालको संयुक्त हस्ताक्षरमा एकताको सन्देश आउने दाबी गरेका थिए । हिजो औपचारिक बैठक नै नबसेकोले आज सम्पूर्ण विषयमा छलफल र सहमति हुने रहेको एक नेताले बताउनुभयो ।





प्रतिक्रिया