काठमाडौं– नेकपा माओवादी केन्द्रले ‘पार्टी खारेजीको माग’ गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएकोमा असन्तुष्टि जनाएको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिएको बताउनुभएको छ ।
विज्ञप्तीमा निवेदन दर्ता गर्नेहरुलाई ‘अवसरवादी र अनैतिक तत्व’को संज्ञा दिएको छ।
माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’सहितका नेताहरुले दिएको पार्टी खारेजीको निवेदन दर्ता गरेकोप्रति पनि माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ।





प्रतिक्रिया