काठमाडौं– एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको छ ।
रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाउनुभएको हो । शुक्रबार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि पुगेका थिए ।
रायमाझीले विगत २९ वर्षदेखि त्यस पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र त्यसपछि पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताउनुभयो । उहाँले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको पनि उल्लेख गर्नुभयो ।





प्रतिक्रिया