अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचै जना एआईजीको सरुवा, को-कहाँ ?

पाँचै जना एआईजीको सरुवा, को-कहाँ ?


काठमाडौं– सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरूवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षणका एआईजी प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरूवा भएको छ।

मेट्रोका एआईजी हरिबहादुर पाललाई कार्य विभागमा सरूवा गरिएको छ।

यस्तै, प्रशासन विभागका एआईजी निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको छ।

अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेललाई एकेडेमी सरूवा गरिएको छ।

हालै बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ।