अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७ घण्टाको बसाइले एमालेमा जुट्यो सहमति

७ घण्टाको बसाइले एमालेमा जुट्यो सहमति


काठमाडौं– सत्तारुढ नेकपा एमालेमा अन्ततः सहमति जुटेको नेताहरूले बताउनुभएको छ ।

शुक्रबार करिव ७ घण्टा अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले लामो समयदेखिको अन्यौलता चिर्दै सहमति गरेको हो । सहमतिबारे भने नेताहरूले केही खुलाउनुभएन ।

कार्यदलका सदस्य प्रदीप ज्ञवालीका अनुसार भाषिक परिमार्जनको काममात्रै बाँकी छ, अरु सहमति भएको छ । ‘बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं, भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि छलफल गर्छौं,’ उहाँले भन्नुभयो, ‘यतिचाहिँ शेयर गर्न सक्छु सहमतिको विन्दुमा पुगेका छौं, नेता कार्यकर्तामा पार्टीको भविष्य के होला भन्ने थियो, त्यसलाई दुर गर्ने गरी सहमति गरेका छौं ।’

कार्यदल सदस्य गोकर्ण विष्टले पनि एकाधबाहेकका विषयमा सहमति भएको दाबी गर्नुभयो । ‘आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ  शनिबार सहमतिमा पुग्छौं,’ उहाँले भन्नुभयो, ‘समय अभावका कारण एकाध बाँकी रह्यो ।’ विष्टले पार्टीलाई एकताबद्ध गरिने बताउनुभयो ।