अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकतालाई सुदृढ गर्ने सम्बन्धमा सहमतिमा पुग्यौँ : प्रदीप ज्ञवाली

पार्टी एकतालाई सुदृढ गर्ने सम्बन्धमा सहमतिमा पुग्यौँ : प्रदीप ज्ञवाली


काठमाडौं- नेकपा एमालेमा एकताका लागि दुवै पक्षबीच सहमति भएको छ । पार्टी एकताका लागि गठित कार्यदलको आजको बैठकले पार्टीमा एकता कायम गर्ने विषय टुंगो लगाएको हो ।

बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको जानकारी दिनुभयो ।

‘आजको बैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार सहमतिको दस्तावेजलाई अन्तिम रूप दिन भाषिक परिमार्जनका लागि भोलि फेरि बैठक बस्ने छ । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन पार्टी प्रवक्तासमेत हरनुभएका ज्ञवालीले आग्रह गर्नुभयो ।