अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा आज सहमतिको खाका सावर्जनिक गरिने

एमालेमा आज सहमतिको खाका सावर्जनिक गरिने


काठमाडौं- नेकपा एमालेमा विवाद समाधानका लागि गठन भएको कार्यदलले आज सहमतिको खाका सावर्जनिक गर्दैछ । हिजो सिंहदरबारमा सात घण्टा निरन्तरको छलफलपछि विवाद सामाधानको विधि तय भएको नेताहरुले जनाएका छन् ।

एमालेका उपाध्यक्ष भीम रावलका अनुसार आज कति बजे बैठक बस्ने भनेर समय तय भएको छैन । ‘कतिबेला बस्ने भनेर सल्लाह गर्दैछौं,’ रावलले नेपाली बहस डट कमसँग भन्नुभयो ‘सकारात्मक दिशामा छौं । सबै कुरा टुंगो लागेपछि सार्वजनिक गर्छौं ।’

नेताहरुका अनुसार हिजोको सहमतिमा आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाललाई सहमत गराएर सार्वजनिक गर्ने कार्यक्रम छ । सहमतिको खाकालाई आज अन्तिम रुप दिने र पार्टीको विवाद सुल्झिएको सन्देश दिने नेताहरुले जनाएका छन् ।

कार्यदलको प्रारम्भिक सहमति अनुसार पार्टीका सबै कमिटी र जनसंगठनहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन दुवै पक्ष सहमत भएको छ । नेता नेपाललाई उठाउदै आएको पावर सेयरिङको बिषय संस्थापनले अस्विकार गर्दै आएको छ ।

पार्टीको महाधिवेशनबाट अध्यक्ष र संसदबाट प्रधानमन्त्री चुनिएको व्यक्तिलाई बिचैमा हटाउँदा त्यसको सन्देश राम्रो नजाने तर्क अघि सार्दै यो विषयलाई छलफलमा नल्याउन संस्थापन पक्षले आग्रह गरेको छ ।