अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक सातामै सात सचिवको बढुवा

एक सातामै सात सचिवको बढुवा


काठमाडौं– सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ।

अझै चार सचिव पद रिक्त छन्। लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारस समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्ने गरेको छ। बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ।

मन्त्रिपरिषद्ले यो साता कृष्णहरि पुष्कर, गणेश पाण्डे, सुशीलचन्द्र तिवारी, मधुसूदन बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, प्रमिला बजाचार्य, डा। दामोदर रेग्मीलाई सचिव पदमा बढुवा गरेको हो। सरकारले प्रमिला बज्राचार्यबाहेक अन्यलाई बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका आधारमा बढुवा गरेको हो ।

ब्रजाचार्यको नाम भने दोस्रो नम्बरमा सिफारिस गरिएको थियो। पहिलो नम्बरमा सिफारिस गरिएका सुशीलचन्द्र तिवारीको नाम छाडेर दोस्रो नम्बरकी बज्राचार्यको नाम सरकारले छानेको थियो । तिवारीको बढुवा दोस्रो लटमा मात्रै गरिएको थियो।

वरिष्ठ सहसचिव हुँदा बज्राचार्य रेलवे विभागको महानिर्देशक पदमा कार्यरत थिइन्। सचिव पदमा बढुवा भएपछि उनको पहिलो नियुक्ति सोझै खानेपानी मन्त्रालयमा गरिएको थियो ।

समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ। एक रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ।