अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विवाद मिलाउने ५ बुँदे प्रस्तावमा के छ ?

एमाले विवाद मिलाउने ५ बुँदे प्रस्तावमा के छ ?


काठमाडौं– विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई एकताबद्ध बनाउने गरी नेताहरुले शुक्रबार साँझ सन्देश प्रवाह गरेका छन् ।

शनिबार सहमतिको खाकालाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी छ । बैठकको समय र स्थान भने खुलाइएको छैन ।

सहमतिको खाका सार्वजनिक गर्नुअघि दुवै पक्षले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री हेलम्बु गएकाले सहमति घोषणा भने अन्यौलमा परेको छ ।

एमालेले गठन गरेको कार्यदलका सदस्यहरुबाट प्राप्त अनौपचारिक दस्तावेजमा भने खासै नौलो कुरा भेटिएको छैन ।

स्रोतका अनुसार पार्टीलाई विनासर्त २ जेठ ०७५ अघिको संरचनामा लैजाने सहमतिपत्रमा उल्लेख छ । त्यसका लागि एमाले र पूर्वमाओवादीबाट समेटिएकाहरुका लागि विधान संशोधन गर्ने, अदालतको फैसला जे आए पनि स्वीकार गर्ने, जनसंगठन र सामानान्तर कमिटी समायोजन गर्ने उल्लेख छ ।