काठमाडौं- एमाले एकता कार्यदलको निर्देशनपछि युवा संघ नेपालको मार्चपास स्थगित गरिएको छ ।
वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न वार्ता टोलीले निर्देशन गरेपछि एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको शनिबारको सडक प्रदर्शन स्थगित गरिएको हो ।
अपरान्ह ३ बजे युवासंघको कार्यालय नयाँ बानेश्वरदेखि माइतीघरसम्म निर्वाचनको पक्षमा मार्चपास गर्ने कार्यक्रम तय भएको थियो ।
एमाले एकताको लागि गठित कार्यदलले सहमतिको मस्यौदा तयार पारेको छ । शनिवारै साँझसम्म शीर्ष नेताहरूबीच छलफलपछि एमाले एक रहेको सन्देश दिने तयारी भइरहेकाले सडकमा प्रदर्शन नगर्न कार्यदलका नेताहरूले निर्देशन दिएको बताइएको छ ।







प्रतिक्रिया