अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री सिन्धुपाल्चोकमा : बाढी पीडित परिवारलाई ५० हजार र छाउन पुग्ने जस्तापाता

प्रधानमन्त्री सिन्धुपाल्चोकमा : बाढी पीडित परिवारलाई ५० हजार र छाउन पुग्ने जस्तापाता


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहात उपलब्ध गराउने बताउनुभएको छ ।

आज सिन्धुपाल्चोकका बाढी पीडितकोहरूसँगको भेटघाटपछि प्रधानमन्त्री ओलीले सो घोषणा गर्नभएको हो । युवा संघका नेता महेश चौलागाईंका अनुसार प्रधानमन्त्री ओलीले सबै बिस्थापितहरूलाई पुग्नेगरी १५ सय बण्डल जस्तापाता पनि उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

यसैगरी, मेलम्चीमा आयोजित कार्यक्रममा बाढी पहिरो प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई १ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

यो रकम मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराएको हो ।

तस्बिर : महेश चौलागाईं