अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वार्तास्थलमा एमाले कार्यदलका तीन सदस्य मात्रै उपस्थित

वार्तास्थलमा एमाले कार्यदलका तीन सदस्य मात्रै उपस्थित


काठमाडौं- एमाले विवाद समाधान कार्यदलको बैठक दिउँसो २ः३० बसे पनि अहिलेसम्म तीन जना नेता मात्र वार्तास्थल पुग्नुभएको छ ।

संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल पक्षबाट भीम रावल अर्थमन्त्रालयमा पुग्नुभएको हो । उहाँहरूबीच छलफल चलिरहेको बताइएको छ ।

तीन जना नेताहरूले एउटा समझादारी बनाएपछि मात्र अरू नेताहरू आउने स्रोतले जनाएको छ ।

आज सहमतिको खाका सार्वजनिक गर्ने तयारी भइरहेको बेला नेता माधव नेपालले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरेपछि संशय उत्पन्न भएको छ ।