काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्वघोषित नेता मात्रै भएको आरोप लगाउनुभएको छ ।
सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गर्नुभएका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दे आएको बताउनुभएको हो ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा माओवादीको नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गर्नुभयो ।
उहाँले विगत ३३ वर्षदेखि विचार विधि र प्रक्रियाबिना नै अध्यक्ष दाहाल स्वघोषित रूपमा नेतृत्वमा बसिरहेको आरोप लगाउनुभयो ।







प्रतिक्रिया