काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।
उहाँहरूबीच देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो भेटवार्ता भएको हो ।
दुई नेताबीच गठबन्धन र वर्तमान राजनीतिको विषयमा छलफल भएको बताइएको छ ।
एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेका बेला देउवा र प्रचण्डले छलफल गर्नुभएको हो । देउवासँगको भेटअघि प्रचण्डले एमाले वरियठ नेता माधवकुमार नेपालसँग पनि छलफल गर्नुभएको थियो ।







प्रतिक्रिया