काठमाडौं- एमाले कार्यदलमा माधव नेपाल पक्षका नेताहरू बैठबाट केही बेरमै बाहिरिनु भएको छ ।
अनौपचारिक छलफल गरेर उहाँहरू माधव नेपाललाई भेट्न कोटेश्वर जानुभएको हो । नेपालसँग छलफल गरेपछि पुन: बैठकमा आउने उहाँहरूले प्रतिवद्धता जनाउनुभएको संस्थापन पक्षका एक नेताले बताउनुभयो ।
माधव नेपाल पक्षले शक्ति बाँडफाँडको विषय उठाएको र तर त्यस विषयमा संस्थापन पक्षले प्रवेश गर्न नचाहेपछि उहाँहरू नेपालसँग परामर्श गर्न गएको एक नेताले बताउनुभयो ।







प्रतिक्रिया