अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोटेश्वरबाट नेपाल पक्षका नेताहरू फर्किएसँगै पुनः कार्यदलको बैठक सुरु

कोटेश्वरबाट नेपाल पक्षका नेताहरू फर्किएसँगै पुनः कार्यदलको बैठक सुरु


काठमाडौं- माधव नेपाल पक्षका नेताहरू कोटेश्वरबाट फर्किएसँगै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक पुनः सुरु भएको छ ।

बैठकअघि नेपाल पक्षका कार्यदलका सदस्यले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुग्नुभएको थियो ।

सो छलफलबाट उहाँहरू फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।

दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो ।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरूले दावी गर्नुभएको थियो ।

शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाइएको थियो ।