अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २१६९ जनामा कोरोना संक्रमण, १४३२ जना डिस्चार्ज

आज २१६९ जनामा कोरोना संक्रमण, १४३२ जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४ सय १७ परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पीसीआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा २२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।