काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ्य हुनु भएको छ । उहाँका स्वकीय सचिव मोहन गौतमका अनुसार केही दिनयता नेता नेपालको स्वास्थ्यमा समस्या देखिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उहाँ अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहनुभएको छ । गौतमका अनुसार नेता नेपाललाई जनै खटिरा आएको हो ।
‘विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहनुभएको छ’, गौतमले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कोटेश्वर नेपाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रचण्डले नेपालको स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।







प्रतिक्रिया