अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदल बैठक सकियो, सहमतिको खाका भोलि सार्वजनिक गरिने

एमाले कार्यदल बैठक सकियो, सहमतिको खाका भोलि सार्वजनिक गरिने


काठमाडौं- नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ ।

कार्यदलका सदस्य गोकर्ण विष्टका अनुसार अब केही दिनमा सहमति हुनेछ । ‘हामी लगभग सहमतिको चरणमा पुगेका छौं । भोलि एउटा सार्थक सन्देश दिनछौँ,’ विष्टले सञ्चारकर्मीसँग भन्नुभयो ।

विष्टले छलफलका क्रममा गम्भीरताका साथ एकले अर्काको मनोबल बुझ्दै अगाडि बढेको बताउनुभयो । ‘समस्यालाई सम्रगतामा नै समाधान खोज्ने प्रयास जारी राखेका छौँ,’ विष्टले भन्नुभयो, ‘भोलिको दिन आम पार्टी पङ्तिले अपेक्षा गरेको पार्टी एकता सन्देश दिनेछौँ । धेरै काम सकिएको छ । लगभग निस्कर्षमा पुगेका छौँ । ’